जय इन्द्रायणी बचत तथा ॠण सहकारी संस्था लि.

नेपालमा सहकारी अभियानको विभिन्न चरणहरुका बावजुद २०४६ सालको प्रजातन्त्रको पुर्नस्थपना पश्चात सहकारी ऐन २०४८ जारी भयो र सहकारी संस्थाहरुको विकासको लहर तदारुकताका साथ आयो । मुलुकमा थुप्रै सहकारी संस्थाहरु विभिन्न प्रकारका एकल उद्देश्य तथा बहुउद्देश्य सहकारी संंस्थाहरुको स्थापना र सञ्चालन हुन शुरु भयो । यसै शिलशिलामा फुटुङ्ग, साङ्गला ,मनमैजु , धर्मस्थली र काभ्रेस्थली कार्यक्षेत्र रहेने गरी तात्कालीन ५ गा. वि. स. का २८ जना व्यक्तिहरु मिलेर २०६६ सालमा जय ईन्द्रायणी वचत तथा ऋण सहकारी संस्था स्थापना भयो ।
शुरुमा २८जना शेयर सदस्य मिलेर स्थापित गरी सदस्यहरु विच वचत तथा ऋणको कारोवार गर्ने र सदस्यहरुको आर्थिक विकासमा समेत टेवा पुर्याउने उद्धेश्यले शुरु गरिएको यस जय ईन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कालखण्डका उतार चढाव व्यहोर्दै हाल तारकेश्वर नगरपालिकाका ११ वटै वडाका कार्यक्ष्ोत्र भित्र १३८८ सदस्य भित्र बचत तथा ऋण अर्थात वित्तीय कारोवार संचालन गरिरहेको छ ।
वित्तीय कारोवार तथा संस्थामा सदस्यता विस्तार लगायत स्थानिय स्तरको साझा वित्तीय सहकारीको रुपमा विकास गर्नका लागि संस्थाले निम्न तथा मध्यम वर्गमा समूहगत रुपमा लघुवित्त कार्यक्रम समेत संचालनमा ल्याएको छ ।
मिति २०६६ साल श्रावण २८ गते ध्रुवराज खड्का, भक्तिनारायण महर्जन र प्रदिप अर्याल आर्थिक क्षेत्रमा केहि गरौ भन्ने उदेश्यका साथ भेटघाटमा भक्तिनारायण महर्जनको फुटुङ्ग स्थित घरमा जम्मा भई उत्तर काठमाडौंका जनसमुदाय आर्थिक रुपले पछाडि परेकोले जीवनस्तर उकास्नको लागि कुन उपाय माध्यमबाट सकिन्छ भन्ने छलफलबाट एउटा सहकारी स्थापना गरेर प्रत्येक घरघरमा भएको रकम जम्मा गराउने र आवश्यकताको माग अनुसार घरघरमा पैसा पु¥याउन जाने । साहुहरुबाट चर्को व्याजमा पिल्सिएका व्यक्तिहरुको जीवनस्तरलाई बदली आर्थिक रुपमा यस क्षेत्रलाई उकास्नका लागि अगाडि बढ्न आवश्यक प्रक्रिया थाल्ने गरी सबैसंग बुझि अगाडि बढ्ने निर्णयबाट यस संस्थाको जन्म भएको हो ।
त्यसपछि मनमैंजु, फुटुङ्ग, काभ्रेस्थली, धर्मस्थली र सांग्लालाई कार्य क्षेत्र बनाई अगाडि बढ्नको लागि जिम्मेवारी बाडँफाड गरियो । सहकारीको नियम अनुसार कम्तीमा ५ वटा गा.वि.स. वा नगरको भए ५ वटा वडा समेटी २५ जना शेयर सदस्य र २५०० शेयर रकम बाट संस्था दर्ता गर्न सकिने जनकारी प्राप्त भएपछि मनमैंजु, धर्मस्थलीबाट शेयर सदस्य जम्मा गर्ने जिम्मा ध्रुवराज खड्का र प्रदिप अर्याललाई र बांकी फुटुङ्ग, सांग्ला, काभ्रेस्थलीको जिम्मा भक्तिनारायण महर्जनलाई दिइयो ।
शेयर सदस्यका लागि शुरुमा प्रत्येकबाट रु. २५०००।— लिने र पछि थप्दै रु. १,००,०००।— पु¥याउने लक्ष्यका साथ तीनै जनाले तीन जना संग विश्वस्त हुन सकेका २८ जना व्यक्तिको सहभागीतामा पटक पटक श्यामबहादुर प्रधानको घरमा बसि छलफलको निष्कर्षबाट फुटुङ्गको देवी जयन्ती देवी र मनमैंजुको देवी इन्द्रायणीको संयुक्त नामबाट जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो ।
सबैको पटक पटकको भेलाबाट तयारी विनियमलाई सदर गरी मिति २०६६ साल भाद्र २३ को बैठकबाट पारित गरि २०६६ साल भाद्र २७ गते डिभिजन सहकारी कार्यालय विजुली वजारमा दर्ता नं. २५२०—०६६÷०६७ विधिवत दर्ता भई मिति २०६६ साल असोज ३ गते पञ्चकन्याहरुबाट फुटुङ्ग वडा नं. ९ कल्पेश्वर महादेव मन्दिर अगाडि श्री रामप्रसाद थपलिया, तत्कालीन धनुषा जिल्ला प्रशासन प्रमुख (मनमैंजु—०८ निबासी) हाल शिक्षा सचिवद्धारा उद्घाटन सम्पन्न भई संञ्चालनमा आएको हो ।
- सदस्यहरुको आर्थिक तथा सामाजिक सुरक्षाका साथै अनुशासित स्वतन्त्र जिवनशैलिको निरन्तर सेवामा उत्कृष्ट वित्तीय सहकारी
- सहकारी सिद्धान्त र मुल्यमा आधारीत रहि सदस्य सेवामा समर्पित आधुनिक प्रविधि, क्षमतावान मानव श्रोत र आधारभूत संरचना सहित गुणस्तरीय सेवा प्रदायक वित्तीय सहकारी
- बचत तथा ऋण सेवा मार्फत संस्थामा संलग्न सदस्यहरुमा मित्तव्ययि भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकासका साथै रोजगारी र सिप मूलक , व्यवसायिक क्षमताको विकास गरि जीवन स्त्तरमा सुधार गर्दै सामाजिक पुँजी निर्माण गर्ने ।