
यस जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको आफ्ने परिकल्पना तथा ध्यये तयार गरी बचत तथा ऋण सहकारीको संस्थागत लामो अवधिका उद्देश्यका आधारमा संस्था विशिष्टीकृत उद्देश्यका साथ लक्ष्यहरु निर्धारण गर्दै लक्षित कार्य सम्पादनका लागि आधारभूत कार्यदिशा बनाएर व्यावसायिक अर्थात रणनीतिक योजना सहित तोकिएका लक्ष्यहरु प्राप्त गर्न विभिन्न क्रियाकलापहरु तय गरि अगाडी बढ्ने पहल थालनी गरिएको छ । निर्धारण गरीएका लक्ष्यहरु प्राप्त गर्नका लागि विभिन्न विकल्पहरु मध्ये उपयुक्त विकल्प छनोट गरी उपलब्ध हुन सक्ने स्रोतहरुको परिचालन गर्ने र संस्था संचालनका मुख्य अंगहरु संचालक समिती, लेखासुपरीवेक्षण समिती तथा कर्मचारी व्यवस्थापनमा प्रभावकारी रुपमा आपसी समन्वय गर्दै संस्थाको दुरदृष्टि, ध्येयमा केन्द्रीत रहेर संस्थाको उद्धेश्य र लक्ष्य प्राप्तिमा प्रतिवद्ध रहने गरी कार्य भैरहेको छ । सदस्यहरुको व्यक्तिगत ,सामुहिक क्षमता अभिवृद्धि गरि स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ अगाडि बढिरहेकाछौं ।
जय इन्द्रायणी । जय सहकारी ।।