
जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्तर काठमाडौं (खासगरी तत्कालिन गा.वि.सहरु मनमैजु ,फुटुङ्ख , साङ्गला ,धर्मस्थली ,र काभे्रस्थली का विपन्न वर्गका जनताका आवश्यकतालाई मध्येनजर गरी २०६६ भाद« २३ गते डिभिजन सहकारी कार्यलय काठमाडौंमा विधिवत दर्ता भएको सहकारी संस्था हो ।
शुरुमा महिला पुरुष गरी स्थानिय २८ जनाको साझा पहलबाट शुरु भएको यस संस्थामा हाल महिला १०४३ सहित १३८८ जना शेयर सदस्य र ९ जना ब्यवस्थापन समूह र २ पदेन सहित ११ जनाको कार्य समितिबाट संस्था संचालनमा रहेको छ ।
यस सहकारीलाई शुरु गर्नु पुर्व उत्तर काठमार्डौलाई विझेका (असहज भएका ) मोटर बाटो सुधार तथा नयाँ निर्माण , प्रौड महिलाको लागि औपचारिक शैक्षिक विद्यालय र अस्पताल खोल्ने लगायत विविध मानविय कार्यमा सहभागि अभियन्ताहरुवाट यस भेगका न्युन आय भएका ब्यतिहरुको आर्थिक अवस्था सुधारका लागि विविध कदम चाल्न एक सहकारी संस्थाको आवश्यकता महसुस गरी यस सहकारी संस्था स्थिापना गरिएको हो ।
हाल आएर सहकारी संस्थाहरु समस्याग्रस्त भई सदस्यहरु बिलखवन्दमा परेको समाचारहरु सुन्न परि रहेको अवस्थामा कोभिड लगाएत विविध समस्याले परेको आर्थिक मन्दिको कारण सोको आंशिक प्रभाव यस संस्थालाई पनि नपरेको भने होइन । तथापी सरकारबाट निर्धारण गरेको निति नियम सरोकारवाला निकनएबाट प्राप्त हुने निर्देशन ,आफ्नै संस्थाको विनियमको अधिन र बेला बेलामा दिइने विषयगत प्रशिक्षणबाट सिकेका तथा सफल सहकारीको अध्ययन भ्रमण समेतको प्रभावका कारण यस संस्था चिन्ताजनक अवस्थामा नभएको जानकारी गराउन चाहान्छु ।
जय इन्द्रायणी । जय सहकारी ।।